Logo २६ भाद्र २०८३, शुक्रबार | Fri Sep 11 2026


अर्थ मन्त्रालयले भन्यो- ‘जेठ १४ गतेको सीसीटीभी फुटेज मेटियो’ (पत्रसहित)


117
Shares

काठमाडौं । अर्थ मन्त्रालयले जेठ १४ गते रातिको सीसीटीभी फुटेज मेटिएको जनाएको छ ।

बजेटको अघिल्लो दिन अर्थात जेठ १४ गते राति अर्थमन्त्री जनार्दन शर्माले बाहिरको व्यक्तिलाई मन्त्रालयमा प्रवेश गराई ती व्यक्तिको सुझावका आधारमा करका दर हेरफेर गरेको आरोप लागेपछि मन्त्रालयले सीसीटीभी फुटेज सार्वजनिक गर्न माग गरिएको थियो ।

उपभोक्ता हित संरक्षण मञ्चका तर्फबाट जयप्रसाद पौडेलले जेठ १४ गते रातिको सीसीटीभी फुटेज उपलब्ध गराई सूचनाको हक प्रदान गर्न दिएको निवेदनको जवाफमा मन्त्रालयले सीसीटीभी फुटेज मेटिएको जनाएको हो ।

निवेदनको जवाफ दिँदै अर्थ मन्त्रालय योजना, अनुगमन तथा मूल्यांकन महाशाखाले भनेको छ, ‘मन्त्रालयमा जडान भएको सीसीटीभीको क्षमता र जडान भएको क्यामेराको आधारमा बढीमा १३ दिनसम्मको मात्रै सीसीटीभी फुटेज अभिलेखमा रहने र तत्पश्चत पहिलेको अभिलेख क्रमशः मेटिँदै जाने भनी लेखी आएको हुँदा सोही ब्यहोरा सूचना तथा जानकारी गराइएको छ ।’

अर्थ मन्त्रालयको यो भनाइ सरकारले २०७२ सालमा लागू गरेको सीसीटीभी जडान तथा सञ्चालन सम्बन्धी कार्यविधि विपरीत पाइएको छ ।

कार्यविधिमा सीसीटीभी फुटेज कम्तीमा तीन महिनासम्म सुरक्षित राख्नु पर्ने उल्लेख छ । तर, अर्थ मन्त्रालयले १३ तीनभन्दा बढीको सीसीटीभी फुटेज नरहने बताएको छ ।

Skip This