अमेरिकामा अन्धाधुन्ध गाेली प्रहार, ३ प्रहरीकाे मृत्यु « Imagekhabar – Online News Portal of Nepal
२३ श्रावण २०७९, सोमबार | Mon Aug 8 2022


अमेरिकामा अन्धाधुन्ध गाेली प्रहार, ३ प्रहरीकाे मृत्यु


1.144k
Shares

काठमाडौं । अमेरिकाको केन्टुकी प्रान्तमा एक व्यक्तिले अन्धाधुन्ध गोली प्रहार गर्दा तीन प्रहरीकाे मृत्यु भएकाे छ ।

केन्टुकी प्रान्तमा प्रहरीको दल अभ्यासका क्रममा रहेकै बेला गोली प्रहार हुँदा ३ जना प्रहरी मारिएका हुन् । घटनामा ५ जना घाइते भएका छन् ।

केन्टुकी प्रान्तमा प्रहरीको दल अभ्यासका क्रममा रहेकै बेला गोली प्रहार हुँदा ३ जना प्रहरी मारिएका हुन् । घटनामा ५ जना घाइते भएका छन् ।

घटनालगत्तै गोली प्रहार गर्ने ४९ वर्षीय व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ परेका व्यक्ति मानसिक रूपमा स्वस्थ रहेको र उनले के उद्देश्यले गोली प्रहार गरे भन्ने केही खुलेको छैन ।

घाइतेहरूको अवस्था गम्भीर रहेका कारण मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ ।