१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


‘शून्य समय सुन्ने मात्र भयो’


26
Shares

काठमाडौं । संसद्को चालू अधिवेशनमा अमेरिकी स्टेटपार्टनर सिप प्रोग्रामका (एसपीपी) कारण सदनमा सरकारको खोजी भयो । सत्तापक्ष तथा प्रतिपक्षका सांसद तथा पूर्वमन्त्रीहरूले रक्षामन्त्रीको समेत कार्यभार सम्हाल्नुभएका प्रधानमन्त्री शेरबहादुर देउवाको जवाफ खोज्नुभयो तर उहाँ उपस्थित नभएपछि सदन र संसदीय समितिलाई समेत प्रधानमन्त्रीले उपेक्षा गरेको भन्दै आलोचना भयो ।

यो मात्र होइन चालू अधिवेशनमा शून्य र विशेष समयममा सांसद्ले उठाएका प्रश्नमा कुनै जवाफ नआएको गुनासो सांसदहरूको छ तर उहाँहरूले भनेजस्तै अवस्था पनि होइन ।

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री पेट्रोलियम पदार्थको सार्वजनिक महत्त्वको प्रस्तावमा भने तीन पटक सम्बोधन गर्नुभयो । यस्तै गृहमन्त्री बालकृष्ण खाँणले समसामयिक विषयमा एक पटक सदनमा सार्वजनिक महत्त्वको वक्तव्य दिनुभयो ।

शून्य समयमा उठेका अधिकांश प्रश्नको जवाफ नआउँदा संसदीय व्यवस्थाको सुन्दरता मानिने शून्य समय प्रतिनिधि सभामा अहिले महत्त्वहीनजस्तै बनेको महसुस भएको हो । शून्य समयमा सांसदहरूले उठाएका प्रश्नमा विभागीय मन्त्रीले जवाफ दिने र त्यसका लागि रुलिङ गर्ने दुवै अभ्यास चालू अधिवेशनमा कम भयो ।

यो समाचार आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।