४ असार २०८२, बुधबार | Wed Jun 18 2025


जीपी कोइराला विश्व विद्यालयको स्थापना गर्नुपर्छ : मन्त्री बडू


156
Shares

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले गिरिजाप्रसाद कोइराला विश्व विद्यालय खोल्नुपर्ने बताउनुभएको छ ।

शनिबार स्व. नेता गिरिजाप्रसाद कोइरालाको ९९ औँ जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री बडूले नेपालमा गिरिजाप्रसाद कोइराला विश्व विद्यालय खोल्नुपर्ने बताउनुभएको हो ।

उहाँले अरु नेताहरुको नाममा विश्वविद्यालय रहेको उल्लेख गर्दै स्व. नेता कोइराला आदर्श र मूल्य मान्यताको प्रतिक भएकोले उनको नाममा जीपी कोइराला विश्व विद्यालयको स्थापना आवश्यक रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘अब एउटा जीपी कोइराला विश्व विद्यालयको स्थापना आवश्यक छ । विभिन्न नेताहरुको नाममा छन् । तर जीपी कोइराला एउटा मान्यता हो । एउटा आदर्श, मूल्य,मान्यताको प्रतिक पनि हो । त्यसकारण गिरिजाप्रसाद कोइरालाको नामबाट हामीले एउटा विश्व विद्यालय बनाउन आवश्यक छ । जसले उत्कृष्ट विश्वविद्यालयको रुपमा आफूलाई स्थापित गर्ने उद्देश्यकासाथ स्थापना गर्न सरकार अवश्य पनि सहयोग गर्छ । व्यक्तिगत रुपमा म आफू पनि सहयोग गर्छु ।’

मन्त्री बडूले उत्कृष्ट विश्वविद्यालयको रुपमा आफूलाई स्थापित गर्ने उद्देश्यकासाथ विश्व विद्यालय स्थापना हुनुपर्ने बताउनुभयो । उहाँले जीपी कोइराला विश्व विद्यालय स्थापनार्थ सरकार सहयोग गर्न तयार रहेको उद्घोष गर्नुभयो । मन्त्री बडूले गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री हुँदा नै काठमाडौं विश्व विद्यालयको रुपमा पहिलो विश्व विद्यालय स्थापना गरेको र बहु विश्व विद्यालयको नीति अन्तर्गत खोलेका विश्व विद्यालयले आफ्नो प्रतिस्पर्धा परिणाममा देखाइरहेको बताउनुभयो ।

मन्त्री बडूले क्षमतासहितको प्रतिष्पर्धी, उत्कृष्ट, आदर्श र उद्देश्य राखेर जीपी कोइराला विश्व विद्यालय स्थापना गर्न सरकार सहयोगका लागि तयार रहेको प्रतिवद्धता जनाउनु भयो ।