
पाँचथर । पाँचथरकाे फालेलुङ गाउँपालिका- ७ बिहिदिनमा शुक्रबार राति आएको पहिरोले घर र गोठ पुर्दा एक जनाको मृत्यु भएको छ ।
साेही घटनामा दुई जना बेपत्ता भएका हुन् । बेपता भएका मध्ये ४२ वर्षीय रुपलाल मगर पुरिएको अवस्था मृत फेला परेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायव उपरीक्षक राकेश थापाले जानकारी दिनुभयो । मगरलाई शनिबार बिहान ८ः१५ बजे फेला पारिएको उहाँले बताउनुभएकाे छ । मृतक मगरकी बुहारी ३८ वर्षीया गोमा मगर र उनको १९ वर्षीय भतिजि एलिसा मगर बेपत्ता भएको उहाँले बताउनुभएकाे हाे।
बेपत्ताहरुको उद्धार कार्य जारी रहेको छ। तर बेपत्ताहरु फेला पार्न नसकिएको प्रहरीले बताएको छ । स्थानीय ७१ वर्षीय दल प्रसाद मगरको घर पहिरोले बगाएको हो। मगरलाई भने तत्काल प्रहरीले सकुशल उद्धार गरेको थियो । नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाले बेपत्ता हुनेको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस्