Logo २८ असार २०८३, आइतबार | Sun Jul 12 2026


अमेरिकामा पहिलो अश्वेत महिला न्यायाधीश


52
Shares

काठमाडौं । अमेरिकाको सर्वोच्च अदालतको पहिलो अश्वेत महिला न्यायाधीश बन्नेेकी केटेन्जी ब्राउन ज्याक्सनले पद तथा गोपनीयताको सपथ लिएकी छन्।

राष्ट्रपति जो बाइडेनको सिफारिसलाई बिहिबार राति सिनेटले अनुमोदन गरेपछि उनी न्यायाधीशमा नियुक्त भएकी हुन् । नियुक्तिलगत्तै ज्याक्सनले कार्यभार सम्हालेकी छन् । अमेरिकी सर्वोच्च अदालतका न्यायाधीश स्टीफन ब्रेयर सेवानी वृत्त भएपछि उनको ठाउँमा ज्याक्सनलाई नियुक्त गरिएको हो ।

राष्ट्रपति बाइडेनले आफ्नो चुनावी अभियानमा सर्वोच्च अदालतमा योग्य अश्वेत महिला न्यायाधीश मनोनयन गर्ने वाचा गरे अनुसार ज्याक्सनलाई न्यायाधीश बनाउनुभएको हो ।