Logo ३० फाल्गुन २०८२, शनिबार | Sun Mar 15 2026


भारतमा आजदेखि प्लास्टिक प्रयोगमा प्रतिबन्ध


5.9k
Shares

काठमाडौं । भारतले आज (शुक्रबार) देखि एक पटक प्रयोग गर्न मिल्ने प्लास्टिकमाथि प्रतिबन्ध लगाएको छ ।

देशभर लागू हुने गरी लगाइएको यो नियमबाट दैनिक प्रयोगमा आउने प्लास्टिकबाट बनेका कैयौं सामfग्रीहरुको बिक्री तथा प्रयोग गर्न बन्देज लगाइएको हाे। भारतको केन्द्रीय पर्यावरण मन्त्रालयले प्रयोगमा प्रतिबन्ध लगाइएका २० वटा सामाग्रीको सूची जारी गरेको छ । जसमा ७५ म्याक्रोन भन्दा तलका प्लास्टिकका झोलाहरु, प्लास्टिकको डण्डी भएका इअरवड, हट एअर बलुनको डण्डी, प्लास्टिकका झण्डा, क्याण्डी तथा आइसक्रिम स्टिक रहेका छन् ।

त्यस्तै, थर्माकोल, प्लास्टिकका प्लेट, चम्चा, काँटा, कप, चक्कु, स्ट्रे, मिठाइका बट्टा प्याक गर्ने वा मोड्ने प्लास्टिकजन्य वस्तु, निमन्त्रण कार्ड, चुरोटको प्याकेट, सय म्याक्रोन भन्दा तलका पीभीसी वा ब्यानर, चिनीलगायतका वस्तुकहरुमा मिसाइने स्टिरलगायत रहेका छन् । यो नियमको उल्लंघन गर्नेहरु विरुद्ध कैद सजाय तथा जरिवाना गर्ने पनि भारत सरकारले चेतावनी दिएको छ ।

साथै राज्य सरकारहरुलाई यस्ता सामाग्रीको उत्पादन, बिक्री वितरण र प्रयोगमा बन्देज लगाउन तथा सुक्ष्म निगरानी राख्न भनिएको छ । भारतीय केन्द्रीय प्रदूषण नियन्त्रण बाेर्डका अनुसार भारतमा प्रत्येक वर्ष साँढे २ लाख टन सिंगल युज प्लास्टि उत्पादन हुन्छ भने प्रतिदिन २६ हजार टन प्लास्टिकजन्य फाेहोर जम्मा हुने गर्दछ । त्यस्तो फोहोर आधा भन्दा बढी नदीहरुमा फ्याँक्ने गरिएको छ ।