Logo २४ चैत्र २०८२, मंगलबार | Wed Apr 8 2026


अनलाइनबाटै भिसा लिन सकिने


6.7k
Shares

काठमाडौं । अध्यागमन विभागले अनलाइनबाट भिसा लिन सकिने व्यवस्था गरेको छ । विभागले पछिल्लो समय इ भिसाको अवधारणासहित अनलाइन आवेदन दिएर भिसा लिन सक्ने व्यवस्था गरेको विभागका महानिर्देशक नारायण भट्टराईले बताए ।

उनले भने, ‘अहिलेलाई भिसाको लागि अनलाईन आवेदन दिन सकिने व्यवस्था गरिएको छ । कागजात अपलोड गरेपछि विभागमा आएर रुजु गरी बैंक भौचर तिरेर भिसा लिन सकिन्छ ।’

विभागले स्वचालित प्रणाली अनुसार सेवा विस्तार गर्ने गरी भिसाका लागि अनलाइनमार्फत आवेदन दिन सकिने व्यवस्था गरेको हो । महानिर्देशक भट्टराईले भने, अनलाइन भुक्तानीका लागि अहिले गैरआवसीय नेपाली भिसालगायत अन्य भिसा प्राप्त गर्न उल्लेखित प्रक्रिया पुर्याएर आवेदन दिन सकिने जनाएको छ ।

यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।