मन्त्रीहरुले दिग्भ्रमित बनाए : मोतीलाल दुगड « Imagekhabar – Online News Portal of Nepal
१ भाद्र २०७९, बुधबार | Thu Aug 18 2022


मन्त्रीहरुले दिग्भ्रमित बनाए : मोतीलाल दुगड


104
Shares

काठमाडौं । नेकपा एमाले उद्योग वाणिज्य तथा आपूर्ति विभाग प्रमुख मोतीलाल दुगडले सरकारका मन्त्रीहरु आफैँले देश श्रीलंका बन्न नदिने भन्दै दिग्भ्रमित बनाएको आरोप लगाउनुभएको छ ।

बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै विभाग प्रमुख दुगडले नेपाल आर्थिक शंकट भएपनि श्रीलंका अहिले बन्न नसक्ने भन्दै सरकारका मन्त्रीहरु आफैँले देश श्रीलंका बन्न नदिने भन्दै दिग्भ्रमित बनाएको आरोप लगाउनुभएको हो ।

उहाँले श्रीलंकाको सरकारसँग आर्थिक अवस्था सुधार गर्ने भिजन नभएको कारण विश्वकै कमजोर अर्थतन्त्र भएको मुलुकका रुपमा चर्चा भएको बताउनुभयो । प्रमुख दुगडले नेपाल सरकारले अहिले पनि निजी क्षेत्र, प्रमुख प्रतिपक्ष दल, सरोकारवाला निकायहरुसँगको सल्लाह सुझावका आधारमा काम गरे अर्थतन्त्र सुधार गर्न सकिने बताउनुभयो । उहाँले सरकार अर्थतन्त्र शंकटमा पुग्दा समेत कोहीसँग छलफल र सहकार्य नगरेको बताउनुभयो ।

दुगडले पछिल्लो समय मुलुकमा विदेशबाट आउने रेमिट्यान्स समेत अवैधानिक रुपमा आउने गरेकाले अर्थतन्त्रमा विकृति आएको बताउनुभयो । उहाँले विदशबाट नेपालमा सामान अवैधानिक रुपमा ल्याउने कम मूल्य देखाउने र विदेशमा नै कारोबार मिलाउने कार्य भईरहेको बताउनुभयो ।