
कपिलदेव खनाल (इमेज)
नुवाकोट, साउन ३० । नुवाकोटको विदुर नगरपालिका–९, लामाटार, चौतारानजिक बुधबार एक यात्रीबाहक बस दुर्घटना हुँदा ३४ जना घाइते भएका छन् ।
घाइतेमध्ये ९ जनाको अवस्था गम्भीर रहेको छ । उनीहरुलाई थप उपचारका लागि काठमाडौं लगिएको छ ।
गम्भीर घाइते हुनेहरु सबै म्यागङ गाउँपालिका वडा नम्बर–२, देउरालीका स्थानीय रहेका छन् ।
घाइतेमध्ये ज्ञानबहादुर तामाङ, चोकनी तामाङ, टीकामाया तामाङ, रिजम तामाङ, होमबहादुर तामाङ, रीता तामाङ, लेसाङ तामाङ र तीन वर्षीय इसाइन तामाङको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
सामान्य घाइतेहरुको जिल्ला अस्पताल त्रिशूलीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
नुवाकोटको बुङताङबाट काठमाडौं आउँदै गरेको बा२ख २८०४ नम्बरको बस दुर्घटना भएको हो । बसमा ५० भन्दा बढी यात्री सवार रहेको बताइएको छ ।
बस सडकदेखि करिब ५० मिटल तल खसेको छ ।
प्रतिक्रिया दिनुहोस्