Logo १० चैत्र २०८२, मंगलबार | Tue Mar 24 2026


बैतडीमा बलात्कारको आरोपमा वडा अध्यक्ष नेगीसहित दुई जना पक्राउ


117
Shares

बैतडी । बैतडीमा बलात्कारको आरोपमा एक वडा अध्यक्षसहित दुई जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा जिल्लाको मेलौली नगरपालिका-१ का वडाअध्यक्ष सरदसिंह नेगी र सोही ठाउँका केशवसिंह नेगी रहेका छन्ए। एक जना २८ वर्षीया महिलालाई गत २०७८ चैत्र १५ गते बलात्कार गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएकाे छ। पीडितको उजुरीका आधारमा उनीहरुलाई पक्राउ गरिएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिनुभयो।

उजुरी दिएकै दिन पीडित महिलाको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल बैतडीमा गरिएको छ। आरोपित दुवै जनालाई हिरासतमा राखि अनुसन्धान सुरु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। पीडित महिला परिवारकै संरक्षण बसेकी छन्।

गत वैशाख ३० गते सम्पन्न भएकाे स्थानीय तहकाे निर्वाचनमा मेलौली नगरपालिका वडा नं. १ को अध्यक्ष पदमा सरदसिंह नेगी नेकपा एमालेबाट निर्वाचित भएका थिए।