सेरेना विलियम्स पहिलो खेलमै पराजित « Imagekhabar – Online News Portal of Nepal
२९ श्रावण २०७९, आईतवार | Sun Aug 14 2022


सेरेना विलियम्स पहिलो खेलमै पराजित


52
Shares

काठमाडौं । विम्बल्डन टेनिसको महिलातर्फ अमेरिकी खेलाडी सेरेना विलियिम्स पहिलो खेलमै पराजित भएकी छिन् ।

सेरेना फ्रान्सकी हार्मनी टेनसँग ७–५, १–६ र ७–६ ले पराजित भएकी हुन् ।

महिला एकलकै अर्को खेलमा विश्व नम्बर एक इगा सिवाटेक पनि दोस्रो चरणमा उक्लेकी छिन् । फ्रेन्च ओपन च्याम्पियन सिवाटेकले क्रोएसियाकी जना फेटलाई ६–० र ६–३ को सोझो सेटमा हराईन् ।

जितसँगै पोल्याण्डकी खेलाडी सिवाटेकले आफ्नो अपराजित यात्रालाई ३६ औं खेलसम्म लम्ब्याएकी छिन् ।