२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


मेनपावरको बदमासी : नक्कली पीडित खडा गरेर धरौटी फिर्ता लिँदै


481
Shares

काठमाडौं । वैदेशिक रोजगारीका क्रममा ठगीमा परेका युवाको आर्थिक प्रतिरक्षाका लागि मेनपावरले राखेको धरौटी रकम मेनपावरले नै नक्कली पीडित खडा गरेर फिर्ता लैजाने गरेको पाइएको छ ।

खारेजीमा परेका मेनपावर कम्पनीले पीडित खडा गरेर वैदेशिक रोजगार विभागमा राखेको धरौटी रकम फिर्ता लैजाने विकृति बढेपछि विभागले मेनपावरका नाम आएका नक्कली उजुरीउपर निगरानी बढाएको छ । सक्कली पीडितको आर्थिक क्षतिपूर्तिको रक्षाका लागि नक्कली पीडितले धरौटी रकम शुन्य बनाउने देखिएपछि यस सम्बन्धमा विभागले निगरानी बढाएको हो ।

वैदेशिक रोजगार विभागमा महानिर्देशक शेषनारायण पौडेलले मेनपावर कम्पनीले कारोबार बन्द गरेको ३ वर्षसम्म राखेको धरौटी फिर्ता लैजान नपाउने कानुनी प्रावधान रहेका कारण ठुलो रकम लामो समयसमम धरौटीका रुपमा रहँदा व्याजको प्रलोभनमा नक्कली पीडित खडा गरेर फिर्ता लैजाने कानुनी छिद्र प्रयोग गरेको बताए ।

यो समाचार आजको कारोबार दैनिकीमा प्रकाशित छ ।