Logo २८ भाद्र २०८३, आइतबार | Sun Sep 13 2026


बर्दियामा हानिकारक माछाकाे चाेरीपैठारी राेक्न मत्स्य व्यवसायी संघकाे माग


117
Shares

बर्दिया । बर्दियाका विभिन्न सीमाबाट चोरीपैठारी भई आउने अवैध हानिकारक माछा रोक्न नेपाल मत्स्य व्यवसायी संघले मााग गरेकाे छ ।

जिल्ला प्रशासन कार्यालय बर्दियालाई पत्राचार मार्फत भारतबाट भित्रिने पंगासीयस तथा मंगुर जातको माछाको चोरी पैठारी रोक्न संघले माग गरेको हो ।

हानिकारक आयातित माछाले जैविकविविधता नष्ट गर्दै मानव स्वास्थ्यमा समेत प्रत्यक्ष असर पुग्ने भएकाले जिल्लामा त्यसको विक्रिवितरण, ओसार पसारमा प्रतिबन्ध लगाउन अनुरोध गरेको नेपाल मत्स्य व्यवसायी संघ बर्दियाका अध्यक्ष गणेश शर्मा लम्सालले बताउनुभयाे ।