Logo २९ फाल्गुन २०८२, शुक्रबार | Sat Mar 14 2026


कैदीबन्दीलाई भोट हाल्ने व्यवस्था गर्न सर्वोच्च अदालतको आदेश


91
Shares

काठमाडौं । सर्वोच्च अदालतले कैदीबन्दीले पनि भोट हाल्न पाउने व्यवस्था गर्न आदेश दिएको छ ।

आगामी प्रतिनिधिसभा निर्वाचनमा कैदीबन्दीलाई समानुपातिकतर्फ मत हाल्ने व्यवस्था गर्न सर्वोच्चले अन्तरिम आदेश दिएको हो ।

काठमाडौं स्कुल अफ लका विद्यार्थीद्वय प्रदिक्षा केसी र निशान्त पोखरेलले दायर गरेको रिटमा न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले उक्त आदेश दिएको हो । उनीहरूले कैदीबन्दीलाई पनि मताधिकारको व्यवस्था गर्न माग गर्दै रिट दायर गरेका थिए ।

लोकतन्त्रसँग जोडिएको गम्भीर सार्वजनिक विषयमा तत्काल केही नगरे नेपाली जनताले संघर्षबाट प्राप्त लोकतन्त्र नै अर्थहीन भइ अपूरणीय क्षति हुने दाबीसहित प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा कैदीबन्दीको मताधिकार सुनिश्चित गर्न रिट दायर गरेको उनीहरूले बताए ।

मतदाता नामावलीमा उनीहरूको नाम समावेश गर्न र उनीहरूको बालिग मताधिकार प्रयोग गर्नका लागि आवश्यक सबै उपयुक्त व्यवस्था मिलाउन रिट दायर गरेको उनीहरूको भनाइ छ ।