Logo २२ श्रावण २०८३, शुक्रबार | Fri Aug 7 2026


एन आई सीले ल्यायो हवाई टिकट बुकिङमा २० प्रतिशत ‘क्यास व्याक’ योजना


1.1k
Shares

काठमाडौं । एन आई सी एशिया बैंकले आफ्नो मोबाइल बैंकिङ्ग एप मार्फत विभिन्न एयरलाइनको टिकट बुकिङ गर्दा २० प्रतिशतसम्म क्यास व्याक हुने योजना सार्वजनिक गरेको छ ।

डिजिटल बैंकिङ्गमा नविनतम प्रविधिद्वारा बैंकिङ्ग सेवा तथा सुविधा प्रदान गर्दै आईरहेको एन आई सी बैंकले डिजिटल बैंकिङ्गको प्रबद्र्धन गर्नका लागि आफ्नो मोबाइल बैंकिङ एप मार्फत विभिन्न एयरलाइनको टिकट बुकिङमा २० प्रतिशत सम्म क्यास व्याक हुने योजना सार्वजनिक गरेको हो ।

यो योजना २०७९ असार १२ गते देखि २०७९ असार १८ गते सम्म लागू हुने बैकले जनाएको छ । यस योजनामा बैंकका ग्राहकहरूले बैंकको मोबाइल बैंकिङ्ग एप मार्फत विभिन्न एयरलाइनको टिकट बुकिङ गर्दा पहिलो टिकट बुकिङमा ५ सय रुपैयाँ अधिकतम एवं दोश्रो पटकबाट १ सयसम्म क्यास व्याक प्राप्त गर्न सक्नेछन् ।