घट्यो सार्वजनिक सवारी साधनको भाडा, कुन रुटमा कति ? (हेर्नुस् सूची) « Imagekhabar – Online News Portal of Nepal
३० श्रावण २०७९, सोमबार | Mon Aug 15 2022


घट्यो सार्वजनिक सवारी साधनको भाडा, कुन रुटमा कति ? (हेर्नुस् सूची)


2.886k
Shares

काठमाडौं । यातायात व्यवस्था विभागले अन्तरप्रदेश चल्ने सार्वजनिक सवारी साधनको भाडा आज आइतबार घटाएको छ ।

नेपाल आयल निगमले पेट्रोलिम पदार्थको मूल्य घटाएसँगै विभागले पनि सार्वजनिक यातायातको भाडा घटाएको हो ।

सरकारले शनिबार राति १२ बजेदेखि लागू पेट्रोलमा प्रतिलिटर २० तथा डिजेल र मट्टितेलमा प्रतिलिटर २९ रुपैयाँ मूल्य घटाएको छ ।  

यात्रुवाहक सवारी साधनमा ५.४१ प्रतिशत भाडा घटेको छ भने मालवाहक सवारी पहाडमा चल्नेमा ६.९७ प्रतिशत र तराईमा चल्नेमा ७.६८ प्रतिशत भाडा घटेको छ।

यसअघि असारको पहिलो हप्ता पेट्रोल र डिजेल तथा मट्टितेलमा भारी मात्रामा मूल्यवृद्धि भएपछि विभागले असार ६ गते सवारी साधनको भाडा वृद्धि गरेको थियो । 

सरकारले सार्वजनिक सवारीको भाडा दर स्वचालित आधारमा गर्ने गरी व्यवस्था गरेको छ ।

हेर्नुस् सूचीः