Logo १० भाद्र २०८३, बुधबार | Wed Aug 26 2026


वैदेशिक रोजगारलाई करोडौं ठग्ने नेपाली नै

दुबई अदालतमा मुद्दा, नेपालमा ठग खोजीदिन आग्रह

182
Shares

काठमाडौं । वैदेशिक रोजगारीको क्रममा दुबई पुगेका करिब एक सय नेपालीलाई त्यहीं व्यवसार गरेर बसेका दुई व्यक्तिले करोडौं रुपियाँ ठगेका छन् ।

ठगिनेमध्ये केहीले प्रमाणसहित ठगलाई पक्राउ गरी कानुनी कारबाही चलाउन माग गरेका छन् । दुबईको अल्कुजअलखेल गेटनजिकै मेस सञ्चालन गर्दैआएका तेह्रथुमका पदम पन्त र पाँचथरकी सम्झना कटुवालले दुबईमा राम्रो व्यवसाय गर्ने र सबैलाई साझेदार राख्ने भन्दै उनीहरूबाट करोडौं ठगेको आरोप पीडित पक्षको छ । फरक–फरक व्यक्तिबाट फरक–फरक समयमा रकम लिएको पीडितहरूको गुनासो छ ।

पैसा लिने दुवैजना सम्पर्कविहीन भएपछि खोजी गर्दै जाँदा अहिलेसम्म उनीहरूबाट ठगिने १६ जना संगठित भई कारबाहीका लागि पहल गरिरहेका छन् ।पीडित सूर्य नेपालीले जानकारी दिएअनुसार दुबईमा राम्रो व्यवसाय गर्ने भन्दै विभिन्न प्रलोभनमा पारेर उनीहरूले नेपालीबाट १८ हजार दिराम (नेपाली झन्डै साढे पाँच लाख) लिए । ‘पैसा लिएको शुरूशुरूमा सम्पर्कमा हुनुहुन्थ्यो तर पछिल्लो समय सम्पर्कविहीन हुनुहुन्छ । मैले त म मात्रै होला भन्ने ठानेको, ठगिने मजस्तै अरू पनि हुनुहुँदोरहेछ’ – उहाँले भन्नुभयो ।

यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।