Logo ८ असार २०८३, सोमबार | Mon Jun 22 2026


नर्वेमा एक नाइट क्लबमा गोलाबारी हुँदा २ जनाको मृत्यु, १० घाइते


169
Shares

काठमाडौं । नर्वेको राजधानी ओस्लोको एक नाइट क्लबमा गोलाबारी हुँदा दुई जनाको मृत्यु भएको छ।

गोली लागेर १० जना घाइते भएका हुन्। घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर भएकाे नर्वे प्रहरीले जनाएको छ। नर्वेका स्थानीय सञ्चार माध्यमका अनुसार गोलाबारी एउटा लोकप्रिय समलैंगिक बार लन्डन पबमा भएको बताइएको छ। आक्रमणको उद्देश्य के थियो भन्ने खुल्न सकेको छैन्। प्रहरीले संदिग्धलाई पक्राउ गरेको जनाएको छ।

ओस्लोले आज (शनिबार) वार्षिक प्राइड परेड आयोजना गर्ने कार्यक्रम रहेकाे छ।