Logo १८ बैशाख २०८३, शुक्रबार | Fri May 1 2026


देउवा सरकारका मन्त्रीको रिपोर्ट कार्ड, धेरै बदनाम, कोही गुमनाम


507
Shares

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारका अधिकांश मन्त्री बदनाम देखिएका छन् । सरकार गठन भएको एक वर्ष पुग्नै लाग्दा धेरै मन्त्री व्यवहार शैली र अनियमितताका कारण बदनाम हुन पुगेका हुन् । केही मन्त्री भने गुमनाम छन् ।

मन्त्रीले आफ्नो मन्त्रालयसँग सम्बन्धित महत्वपूर्ण नीति योजना बनाएर सोहीअनुसार कर्मचारीतन्त्र दौडाउनुपर्छ तर अधिकांश सोहीअनुसार कर्मचारीतन्त्र दौडाउन असफल देखिएका छन् । प्रभावकारी कार्य गरेर चर्चामा आउनुपर्नेमा अधिकांश मन्त्री गलत कर्म र अनियमितताका कारण बदनाम भएका हुन् ।

बदनामका कारण धेरै मन्त्री यस अवधिमा विवादास्पद देखिएका छन् । अर्थमन्त्री जनार्दन शर्मा सुरुमै अमेरिकाबाट आएको व्यापारी पृथ्वी शाहको शंकास्पद र अवैध ४० करोड छुटाउन राष्ट्र बैंकलाई आदेश दिएपछि विवादमा परेका थिए । अर्थमन्त्रीको आदेश ‘अस्वीकार गरेको’ भन्दै उनकै प्रस्तावमा सरकारले राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीलाई निलम्बन गरेको थियो । तर, सर्वोच्च अदालतले अधिकारीलाई पुनर्बहाली गरिदिएपछि शर्मा नैतिक संटकमा परे । यो प्रकरणमा अर्थमन्त्रीको राजीनामा माग गरिए पनि उनले गरेनन् ।

यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।