काठमाडौं । सरकारले कर समायोजन गरेर पेट्रोलियम पदार्थको भाउ घटाउने संकेत गरेको छ ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडुले पछिल्लो समय पेट्रोलियम पदार्थमा गरिएको मूल्य घटाउने संकेत गर्दै करका दरहरुमा समायोजन गर्न सकिने जनाएका हुन् ।
करका दरहरुमा समायोजन गरेरै भएपनि पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्नुपर्ने विषय संसदमा उठेको र सरकारको ध्यानाकर्षण भएको उल्लेख गर्दै उनले सरकार सोही अनुसार अघि बढ्न सक्ने बताए । विद्युतको खपत बढाएर पनि पेट्रोलियम पदार्थको मूल्यलाई सहज बनाउन सकिने योजनामा सरकार रहेको पनि बताए ।
यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।










प्रतिक्रिया दिनुहोस्