टीभीएस अपाचे सिरिजको नयाँ बाइक नेपाली बजारमा, मूल्य कति ? « Imagekhabar – Online News Portal of Nepal
२० असार २०७९, सोमबार | Mon Jul 4 2022


टीभीएस अपाचे सिरिजको नयाँ बाइक नेपाली बजारमा, मूल्य कति ?


1.677k
Shares

काठमाडौं । टीभीएसको अपाचे सिरिजको नयाँ बाइक नेपाली बजारमा भित्रिएको छ ।

टीभीएसको उत्पादनका लागि आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले बिहीबार एक कार्यक्रम गरी नयाँ टीभीएस अपाचे आरटीआर १६० फोर भी सार्वजनिक गरेको हो ।

यो बाइकमा यस बर्गमै पहिलो दाबी गरिएको रेन, अर्बन र स्पोर्ट गरी तीन फरक–फरक ‘राइड मोड’को सुविधा रहेको छ ।

यसले सवारहरूलाई शहरी सडक, पानी परेको अवस्था वा हाइवेजस्ता कुनै पनि सवारी परिस्थिति अनुकूल बनाउन सजिलो हुने कम्पनीले जनाएको छ ।

रेस ट्युन्ड फ्युल इन्जेक्सन प्रविधियुक्त इन्जिनका कारण यो बाइक उच्च पावर डेलिभरी र उत्सर्जन नियन्त्रणका साथै इन्धन किफायती समेत रहेको कम्पनीको दाबी छ ।

जगदम्बा मोटर्सका अध्यक्ष शाहिल अग्रवालले कुनैपनि अटोमोबाइल ब्राण्डले यस खण्डमा यतिधेरै सुविधासहितको उत्पादन लिएर आएको यो पहिलो पटक भएको दाबी गर्नुभयो ।

बाइकको मूल्य ३ लाख ८० हजार रुपैयाँ तोकिएको छ ।