विमानस्थलले जग्गा रोक्दा जग्गाधनी आन्दोलित « Imagekhabar – Online News Portal of Nepal
१४ असार २०७९, मंगलवार | Tue Jun 28 2022


विमानस्थलले जग्गा रोक्दा जग्गाधनी आन्दोलित

२ वर्षदेखि १ सय २७ बिघा रोक्का

364
Shares

विराटनगर । दुई वर्षदेखि जग्गा रोक्का गरेर राज्यले आफूहरूको बिजोग पारिदिएको भन्दै विराटनगर विमानस्थलपीडित जग्गाभनी आन्दोलित भएका छन् ।

विराटनगर विमानस्थल विस्तार गर्ने भन्दै सरकारले रोकका राखेको जग्गा फुकुवाको माग राखेर मंगलबारदेखि स्थानीय चरणबद्ध आन्दोलन सुरु गरेका हुन् ।

उनीहरूले विमानस्थल प्रवेशद्धारमा दुई घण्टा धर्ना दिएका थिए । विमानस्थलपीडित संघर्ष समितिले गत जेठ ३० गते जिल्ला प्रशासन कार्यलय र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई ७ दिने अल्टिमेटमसहितको ज्ञापनपत्र बुझाएको थियो ।

यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।