
काठमाडौं । सरकारको नियन्त्रणमुखी नीतिका बीच पनि आयतको वृद्धिदर नरोकिँदा मुलुकको वैदेशिक व्यापारघाटा ११ महिनामै चालू आर्थिक वर्षको बजेटभन्दा बढी भएको छ ।
जेठ मसान्तसम्ममा मुलुकको व्यापारघाटा २५ प्रतिशतले बढेर १५ अर्ब ७७ अर्ब रुपैयाँ पुगेको छ । सरकारले चालू आर्थिक वर्षको मध्यावधि समीक्षामार्फत बजेटको आकार १५ खर्ब ४६ अर्ब २८ करोड रुपैयाँमा सीमित गरेको छ ।
जसअनुसार बजेटको तुलनामा व्यापार घाटा ३१ अर्बभन्दा बढी छ । आर्थिक वर्ष सकिन एक महिना बाँकी रहेकाले व्यापारघाटा अझै बढ्ने र सरकारको खर्च कम हुने भएकाले बजेट र व्यापारघाटाबीचको अन्तर अझै बढी हुने अर्थविद्हरूको अनुमान छ ।
यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।
प्रतिक्रिया दिनुहोस्