अन्तर्राष्ट्रिय योग दिवस मनाइयो, साधना गर्न याेगगुरूकाे जोड « Imagekhabar – Online News Portal of Nepal
१५ असार २०७९, बुधबार | Wed Jun 29 2022


अन्तर्राष्ट्रिय योग दिवस मनाइयो, साधना गर्न याेगगुरूकाे जोड


78
Shares

काठमाडौं । संयुक्त राष्ट्रसंघको महासभाले पारित गरेसँगै २१ जुनलाई विश्वव्यापी रूपमा अन्तर्राष्ट्रिय योग दिवस मनाउन थालिएको छ । शारिरीक, मानसिक र आध्यात्मिक अभ्यासको प्रतिक मानिने योग मानवत जीवनका लागि अपरिहार्य बनेको छ ।

योगको शाब्दिक अर्थ हाम्रो शरीरलाई मस्तिस्क हुँदै परम चैतन्यसँग जोड्नु हो । शरीर भित्रको ब्रम्ह तत्वलाई परब्रम्हमा जोड्नु नै योग हो, आत्मा र परमात्माको मिलन नै योग हो ।

शरीर तन्तरुस्त र निरोगी बनाउन गरिने योग अहिले विश्वव्यापी बन्दै गएको छ । २१ औं शताब्दीको व्यस्त जीवनशैलीमा रमाउने पुस्ताका लागि त झन् योग अमूल्य बरदान नै साबित भएको गृहमन्त्री बालकृष्ण खाँण बताउनुहुन्छ ।

योग एक विशेष क्रिया हो, योगक्रियाले मानिसको चेतना र शरीरबीचको सम्बन्धलाई जोड्ने काम गर्दछ । मन र मस्तिष्कको सम्बन्धलाई योग भनिने र योगबाट मानसिक शान्तिका साथै रोग प्रतिरोध क्षमताको वृद्धि हुने विश्वास गरिएको छ ।

शुरुका दिनमा विश्वका कयौं राष्ट्रहरुमा मात्रै योग गर्ने अभ्यास भएपनि पछिल्लो समय नेपालमा पनि यसको महत्व बढ्दै गएको छ । त्यसैले त हरेक उमेर समुहका व्यक्तिले शारिरीक रूपमा तन्दरुस्त रहन योग गर्ने गरेका छन् ।

योग वास्तवमा ध्यानको आधार मात्र नभई शारिरीक स्वास्थ्य, मानसिक स्वास्थ्य, ज्ञान, त्याग, वैराग्यता जस्ता योगका अनेकौं आयाम छन् । हजारौं वर्ष पहिले पतञ्जली नामका ऋषिले शुरुवात गर्नुभएको योगमा १९५ वटा योगसूत्र समाहित छन् ।

योगसूत्रको श्रेय भने आदियोगी भगवान् शिवलाई नै दिइन्छ । शिवबाट शुरुवात भएका योगविधाहरु क्रमशः सप्तऋषिहरूमार्फत् पुस्तौं पुस्ता यात्रा गरेर हामीमाझ आइपुगेको विश्वास गरिन्छ ।

संसारमा सफल बन्ने धेरै मानिसहरूले योग र ध्यान साधनालाई आफ्नो जीवनको अभिन्न अंग नै बनाएको भेटिन्छ ।