राष्ट्रिय स्वतन्त्र पार्टीले ‘संवैधानिक समाजवाद’को नीति अंगाल्ने « Imagekhabar – Online News Portal of Nepal
१८ असार २०७९, शनिबार | Sat Jul 2 2022


राष्ट्रिय स्वतन्त्र पार्टीले ‘संवैधानिक समाजवाद’को नीति अंगाल्ने

प्रधानमन्त्री र मन्त्रीहरूको नाम सार्वजनिक गरेर निर्वाचनमा जाने

16.887k
Shares

काठमाडौं । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले संवैधानिक समाजवादको नीति अंगाल्ने भएको छ ।

मंगलबार निर्वाचन आयोगमा दल दर्ताको निवेदन पेश गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले आफूहरूको पार्टीले संवैधानिका समाजवादको नीति अंगाल्ने बताउनुभयो ।

पार्टीको सभापति आफू रहने जानकारी दिँदै उहाँले अन्य सदस्यका नाम भने खुलाउन चाहनुभएन । निर्वाचन आयोगले दल दर्ताको प्रमाणपत्र दिएपछि आफूहरू चुनावी अभियानमा लाग्ने उहाँले बताउनुभयो ।

सभापति लामिछानेले देशभर घुमेर पार्टीलाई नै जिताउन लागिपर्ने बताउनुभयो । उहाँले पार्टीले निर्वाचन लड्दा सुरुमै प्रधानमन्त्री र मन्त्रीहरूको नाम सार्वजनिक गरेर निर्वाचन जाने जानकारी दिनुभयो ।