आयल निगमलाई राप्रपाका यी सात प्रश्न « Imagekhabar – Online News Portal of Nepal
१५ असार २०७९, बुधबार | Wed Jun 29 2022


आयल निगमलाई राप्रपाका यी सात प्रश्न


208
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गर्नाको कारण माग गर्दै नेपाल आयल निगम कार्यालयमा धर्ना दिएको छ ।

सोमबार निगमको टेकुस्थित केन्द्रिय कार्यालय पुगेका सो पार्टीका नेता, कार्यकर्ताहरुले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गर्नुको कारण माग गर्दै धर्ना दिएका हुन् ।

प्रतिलिटर पेट्रोल, डिजेल र मट्टीतेलको कच्चा पदार्थको मूल्य कति पर्छ ? नेपाल आयल निगमका कर्मचारीको बोनस कति छ ? नेपालका भीभीआपीलाई वर्षको कति पेट्रोल निःशुल्क उपलब्ध गराइन्छ ? प्रतिलिटर पेट्रोल, डिजेल र मट्टीतेलमा कति कर लाग्छ ? लगायतका ७ वटा प्रश्नको जवाफ माग गर्दै निगम कार्यालयमा धर्ना दिइएको पार्टी प्रवक्ता ज्ञानेन्द्र शाहीले जानकारी दिनुभयो ।

शाहीले अनाआवश्यक करको दरमात्रै हटाउने हो भने पनि पेट्रोलियम पदार्थको मूल्य आधा घट्नसक्ने बताउनुभयो ।

गएरातिबाट लागू हुनेगरी पेट्रोलमा प्रतिलिटर २१ रुपैयाँ र डिजेलमा २७ रुपैयाँ मूल्यवृद्धि गरेपछि त्यसको विरोधमा सर्वसाधारण समेत उत्रिएका छन् ।