१९ असार २०८२, बिहिबार | Thu Jul 3 2025


६४.४ प्रतिशत उद्योगमा अझै जेनेरेटर प्रयोग


91
Shares

काठमाडौं । नेपाल उद्योग परिसंघले नेपालका उद्योगहरूको औद्योगिक गतिविधिको अध्ययन गरेर औद्योगिक अवस्थिति प्रतिवेदनको तेस्रो अकं सार्वजनिक गरेको छ ।

चालू आर्थिक वर्ष २०७८/०७९ को दोस्रो त्रैमासिक अवधिमा उत्पादनमूलक उद्योग र सेवा क्षेत्रका उद्योगको अवस्थाको विस्तृत तथ्यांक प्रतिवेदनमा समेटिएको छ । यस प्रतिवेदनले उक्त अवधिमा उद्योगहरूले आफ्नो कुल उत्पादन क्षमताको ७१ प्रतिशत क्षमता उपयोग गरेको देखाइएको छ ।

प्रतिवेदनले अघिल्लो आर्थिक वर्ष २०७७/०७८ को दोस्रो त्रैमासिकको तुलनामा चालू आर्थिक वर्षको सोही अवधिमा उद्योगको आय वृद्धिदर २७.१ प्रतिश बढेको देखाइएको छ । प्रतिवेदनका अनुसार व्यवसायको क्षमता उपयोग सुधारन्मुख रहेको देखिन्छ।

यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।