२१ श्रावण २०८२, बुधबार | Wed Aug 6 2025


सार्क सम्मेलन कहिले ? यसो भन्छन् पाकिस्तानी राजदूत (भिडियो)


0
Shares

लक्ष्मी लामा/उत्तम मानन्धर (इमेज)

काठमाडौं, साउन २९ । दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)को पाकिस्तानमा हुने भनिएको सम्मेलन हुने/नहुने अझै निश्चित भएको छैन ।

तर, पाकिस्तानले भने सार्क सम्मेलन हुने र त्यसैको तयारीमा जुटेको जनाएको छ ।

भारत र पाकिस्तानको आन्तरिक विवादका कारण प्रभावित बन्दै जाँदा सार्क सम्मेलनको महत्व पनि घट्दै गएझैं भएको हो ।

सार्क क्षेत्रको आपसी हीत र यस क्षेत्रको विकासको मुख्य एजेन्डा तय गरेर संगठित गरिएको सार्क सम्मेलन पछिल्ला दिनमा निस्क्रिय बन्दै गएको हो ।

१८औं सार्क शिखर सम्मेलन भव्यरुपमा नेपालमा सम्पन्न भएलगत्तै अर्को सम्मेलन पाकिस्तानमा गर्ने निर्णय त गरियो तर, अहिलेसम्म कुने तयारी नै हुन सकेको छैन ।

त्यसैअनुरुप दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)को महासचिव पनि पाकिस्तानकै अमाज हुसैन बी साइल छन् ।

नेपालस्थित पाकिस्तानी राजदूत डा. मजहर जावेदले पनि सार्क क्षेत्रको गरिबी निवारणका लागि सार्क महत्वपूर्ण रहेको भन्दै सम्मेलन हुनेमा ढुक्क रहन आग्रह गरे ।

नेपाल, भुटान, श्रीलंका, बंगलादेश, माल्दिभ्स, भारत, पाकिस्तान र अफगानिस्तानको विकासका लागि सार्क सम्मेलन मेरुदन्डकारुपमा रहेको उनको भनाइ छ ।

पाकिस्तानामा भएको राजनीतिक परिवर्तनसँगै नयाँ सरकारले पनि सार्क सम्मेलनलाई अगाडि बढाउने उनको भनाइ छ ।

त्यसो त यसअगाडिका सार्क सम्मेलनमा भएका निर्णयहरु प्नि त्यति कार्यान्वयनमा आउन सकेको देखिँदैन ।

यस क्षेत्रको आर्थिक विकासका एजेन्डा तय गर्नका लागि सार्क सम्मेलनको भूमिका महत्वपूर्ण हुने गर्छ ।

सार्क क्षेत्रका मुलुकहरु आफ्नै आन्तरिक समस्यामा रुमलिँदा यस क्षेत्रको सोचेजति प्रगति हुन पनि सकेको छैन ।

भिडियो हेर्नुहोस्