एसपीपी सम्झौताको च्याप्टर क्लोज भइसक्योः परराष्ट्रमन्त्री खड्का « Imagekhabar – Online News Portal of Nepal
१५ असार २०७९, बुधबार | Wed Jun 29 2022


एसपीपी सम्झौताको च्याप्टर क्लोज भइसक्योः परराष्ट्रमन्त्री खड्का


195
Shares

काठमाडौं । परराष्ट्र मन्त्री डा. नारायण खड्काले अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) सम्बन्धी विषयको च्याप्टर क्लोज भईसकेको बताउनुभएको छ ।

संघीय संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा मन्त्री खड्काले प्रधानमन्त्रीको तहबाट पनि सम्झौता हुँदैन भनेपछि एसपीपी सम्बन्धी विषयको च्याप्टर क्लोज भईसकेको बताउनुभएको हो ।

‘नेपाली सेना र अमेरिकी दूतावासबाट पनि यो कार्यान्वयन हुँदैन भनेर आएको छ, प्रधानमन्त्री स्वयमले कार्यान्वयन हुँदैन भनेपछि यसलाई अझै उचाल्न हुँदैन् जस्तो लाग्छ ।’ उहाँले भन्नुभयो ।