
हुम्ला, साउन २९ । हुम्लाको हिल्सामा मनाङ एअरको ‘मनाङ ९ एनएएमडी’ हेलिकोप्टरको पंखाले लागेर मंगलबार एकजना भारतीयको मृत्यु भएको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले अपराह्न सवा ३ बजे यात्री ओराल्दै गर्दा पछाडिपट्टिको पंखाले लागेर भारतको मुम्बईका ४२ वर्षीय नवीन्द्रकुमार कात्तिक नेहटाको मृत्यु भएको जानकारी दिए ।
हेलिकोप्टर सिमकोटबाट हिल्सातर्फ उडेको थियो ।
जिल्ला प्रहरी कार्यालयको टोली घटनास्थलतर्फ गएको छ ।
नेहटाको शव बुधबार हिल्साबाट सदरमुकाम सिमकोट ल्याइने बताइएको छ । रासस
प्रतिक्रिया दिनुहोस्