काठमाडौं । एसीसी महिला टी–ट्वान्टी च्याम्पियनसिप क्रिकेट आजबाट मलेसियामा सुरू हुँदैछ ।
च्याम्पियनसिपको पहिलो खेलमा नेपालले आज भुटानसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ ।
मलेसियाको बांगीमा आज बिहान नेपाली समय अनुसार पौने ९ बजे यो खेल सुरु हुनेछ ।
नेपाल आज भुटानलाई हराउँदै च्याम्पियनसिपमा सुखद सुरुवात गर्न चाहन्छ भने भुटान पनि नेपाललाई हराएर सुखद सुरुवाती गर्ने योजनामा रहेको छ ।
च्याम्पियनसिपमा सहभागि १० टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । नेपालसँगै समुह ‘बी’ मा हङकङ, कुवेत, भुटान र बहराइन रहेका छन् । यसैगरि समूह ‘ए’ मा मलेसिया, युएई, ओमान, कतार र सिंगापुर रहेका छन् ।
समूह चरणको खेलपछि शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् । च्याम्पियनसिपको फाइनल पुग्ने दुई टोली महिला टी–ट्वान्टी एसिया कप क्रिकेटका लागि छनोट हुनेछन् ।
प्रतिक्रिया दिनुहोस्