काठमाडौं । संघले बजेट ल्याएको दुई सातापछि सातवटै प्रदेशले बुधबार आगामी आर्थिक वर्षको लागि कुल ३ खर्ब ५ अर्ब २२ करोडको बजेट ल्याएका छन् ।
प्रदेशमध्ये सबैभन्दा ठुलो आकारको बजेट बागमती प्रदेशको छ भने सबैभन्दा सानो आकारको बजेट कर्णाली प्रदेशले ल्याएको छ । बागमती प्रदेशको कुल बजेट ७० अर्ब ९३ बरोड रहेको छ भने सबैभन्दा कम कर्णाली प्रदेशको ३२ खर्ब ६१ अर्ब रहेको छ । बागमती प्रदेशले चालु आर्थिक वर्षको तुलनामा आगामी आर्थिक वर्षका लागि १३ अर्ब बढीको बजेट ल्याएको छ ।
आगामी आर्थिक वर्षका लागि बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्कट्टेलले ७० अर्ब ९३ करोड विनीयोजन गरेका छन् । प्रदेशका आर्थिक मनत्रीको कुल बजेटमा चालुतर्फ १९ अर्ब २ करोड, पुँजीगतर्फ ४१ अर्ब ५६ करोड वित्तीय हस्तान्तरणतर्फ ८ अर्ब २३ करोड विनीयोजन गरेका छन् ।
यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।










प्रतिक्रिया दिनुहोस्