
काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्लले नेपालमा बलात्कारसम्बन्धी कानून बनेपनि प्रभावकारी कार्यान्वयन हुन नसकेको बताउनुभएको छ ।
महिला आयोगले बुधबार काठमाडौंमा गरेको अन्तक्रियामा न्यायाधीश मल्लले कानून निर्माण भएसँगै केही संरचना बनेपनि बलात्कारविरुद्धको कानूनी प्रक्रियका लागि पूर्ण नभएको बताउनुभयो । उहाँले हाम्रो परम्पर र मूल्य मान्यतामा परिवर्तन नआएसम्म पीडितले सहजै न्याय पाउने अवस्था नरहेको पनि दाबी गर्नुभयो ।
कार्यक्रममा महिला सासदहरुले बलात्कारसम्बन्धी कानूनको प्रभावकारी कार्यान्वयनमा राज्य नै बाधक भएको आरोप लगाए । उनीहरुले संविधानको मर्म विपरीत महिलाहरुलाई प्रत्यक्ष रुपमा निर्वाचित हुनबाट बञ्चित गराइएको गुनासो गरे । उनीहरुले पुरुष चिन्तन हवी भएकाले क्षमता भएपनि महिलाहरु समानुपातिकबाट मात्र निर्वाचित गर्ने दलहरुको रणनीति रहेको भन्दै आपत्ति जनाएका छन् । उनीहरुले नीतिगत तहमा महिलाको पहँुच बढाउनुपर्नेमा जोड दिए ।
प्रतिक्रिया दिनुहोस्