Logo ५ चैत्र २०८२, बिहिबार | Thu Mar 19 2026


संसदमा शिक्षा तथा स्वास्थ्य समितिको प्रतिवेदन पेश


65
Shares

काठमाडौं । प्रतिनिधिसभाको बुधबारको बैठकमा शिक्षा तथा स्वास्थ्य समितिको वार्षिक प्रतिवेदन पेश गरिएको छ ।

शिक्षा तथा स्वास्थ्य समितिकी सभापति जयपुरी घर्तीले कोभिड संक्रमणका कारण गत वर्ष पेश हुन नसकेको समितिको वार्षिक प्रतिवेदन २०७८ र यस वर्षको प्रतिवेदन २०७९ प्रतिनिधिसभा बैठकमा पेश गर्नु भएको हो ।

कोभिड महामारी नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न सरकारलाई निर्देशन दिइएको, बाह्य मुलुकमा मेडिकल शिक्षा अध्ययनका लागि जाने विद्यार्थीहरुका लागि सहज वातावरण निर्माण गराउन, मेडिकल शिक्षा अध्ययनका लागि बढि शुल्क असुली गर्ने कलेजहरुलाई कारबाही गर्न सरकारलाई सचेत गराइएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।