२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो डाइभर्ट


10.569k
Shares

काठमाडौं । खराब मौसमका कारण जजिरा एयरको विमान काठमाडौंमा अवतरण गर्न नसकी भैरहवामा डाइर्भट भएको छ ।

मंगलबार बिहान कुवेतबाट आएको विमान त्रिभुवन विमानस्थलमा कम भिजिबिलिटीका कारण गौतमबृद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा डाइर्भट भएको हो । मंगलबार बिहान २ बजेर ३० मिनेटमा काठमाडौंमा अवतरण गर्नुपर्ने विमान खराब मौसमका कारण भैरहवा डाइर्भट गरेर अवतरण गराइएको विमानस्थल कार्यालय काठमाडौंले जनाएको छ ।

अन्तर्राष्ट्रिय उडान मौसम खराब भएर भैरहवा डाइर्भट गरेर ल्यान्ड गराइएको पहिलो पटक भएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका सूचना अधिकारी यज्ञप्रसाद न्यौपानेले बताए । उनले भने, ‘जजिरा एयरले कुवेतको राजधानी कुवेत सिटीबाट गौतमबुद्ध विमानस्थलमा र भैरहवाबाट कुवेत सिटीमा नियमित सिधा यडान भर्दै आएको भएपनि डाइर्भट भने पहिलो हो ।’

यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।