४ असार २०८२, बुधबार | Wed Jun 18 2025


ट्वीटरका कर्मचारीसँग वार्ता गर्न एलेन तयार


234
Shares

काठमाडौ । विश्वका नम्बर एक धनाढ्य एलन मस्कले सामाजिक सञ्जाल ट्वीटर खरिद गर्ने प्रक्रियामा उत्पन्न गतिरोधमा ट्वीटरका कर्मचारीसँग वार्ता गर्न आफू तयार रहेको बताएका छन् ।

मस्कले आगामी बिहिबार ट्वीटरका कर्मचारीहरुसँग वार्ता गर्ने स्पष्ट पारेका हुन् । मस्कले ट्वीटर कम्पनीले आफूले मागेको डाटा उपलब्ध नगराएको भन्दै ४४ अर्ब डलरको सम्झौता रद्द गर्ने चेतावनी समेत दिदै आएका छन् । ट्वीटरका कार्याकारी निदेर्शक पराग अग्रवालले ट्वीटरमा केही सुधार गरी कम्पनीको लागत कटौती गर्ने घोषणा समेत गरिसकेका छन् ।

गत अप्रिल महिनामा ट्वीटरको सञ्चालक समितिले ४४ अर्ब डलरमा कम्पनी बेच्ने सम्झौता गरेको थियो ।