२१ श्रावण २०८२, बुधबार | Wed Aug 6 2025


विद्यालयको पिउनेपानीमा विष, १६ विद्यार्थी बिरामी


0
Shares

ध्रुव भट्टराई (इमेज)

विराटनगर, साउन २९ । मोरङको लेटाङस्थित एक विद्यालयमा ट्यांकीमा विष हालेको पानी पिउँदा १६ जना विद्यार्थी बिरामी भएका छन् ।

जसमध्ये दुईजनाको अवस्था चिन्ताजनक रहेको छ ।

लेटाङको जातेस्थित श्री माध्यमिक विद्यालयमा मंगलबार बिहान पानी पिउँदा विद्यार्थी बिरामी भएका हुन् ।

उनीहरुलाई उपचारका लागि उर्लाबारीस्थित मंगलबारे अस्पताल लगिएको प्रधानाध्यापक खमराज दुलालले जानकारी दिए ।

पानीट्यांकीमा विषादीको बोतल भेटिएको थियो । ‘साइपिन’ नामको कीटनासक विषादीको बट्टा ट्यांकीमा भेटिएको हो ।

विद्यालय समयमा पढ्न आएका विद्यार्थीले धाराको पानी पिएलगतै बान्ता गरेपछि उनीहरुलाई उपचारका लागि लगिएको थियो ।

ट्यांकीमा विषादी कसले हाल्यो भन्नेबारेमा अनुसन्धान भइरहेको छ ।

सो विद्यालयमा ४९१ विद्यार्थी अध्ययनरत् छन् ।