अन्तर्राष्ट्रियतर्फ हिमालय, आन्तरिकमा यती सुरक्षित « Imagekhabar – Online News Portal of Nepal
१९ असार २०७९, आईतवार | Sun Jul 3 2022


अन्तर्राष्ट्रियतर्फ हिमालय, आन्तरिकमा यती सुरक्षित


14.209k
Shares

काठमाडौं । मन्त्रालयको अध्ययन प्रतिवेदनअनुसार हवाई सुरक्षा व्यवस्थापन प्रणाली कार्यान्वयनमा अन्तर्राष्ट्रियतर्फ हिमालय एरलाइन्स र आन्तरिकतर्फ ट्रंककमा यती एयरलाइन्स र स्टलमा समिट एयर पहिलो नम्बरमा छन् ।

सुरक्षा व्यवस्थापन प्रणाली (सेफ्टी म्यानेजमेन्ट सिस्टम) कार्यान्वयनको आधारमा वायुयान कम्पनीहरूको हवाई सुरक्षा स्थितिका कारेमा अध्ययन गर्न गठित समितिले नेपालमा दर्ता भई सञ्चालनमा रहेका १० वटा फिस्क्ड विङ्स वायुसेवा कम्पनी र ९ वटा हेलिकाेप्टर कम्पनीको अध्ययन गरेको थियो ।

नेपालमा कुल ७५ वटा विमान र २९ वटा हेलिकप्टर सञ्चालनमा रहेका छन् । हवाई सुरक्षा व्यवस्थापन प्रणालीमा मूलत: ४ वटा विषयको अध्ययन समितिले गरेको थियो । जसमा सुरक्षा नीति र उद्देश्य, सुरक्षा जोखिम व्यवस्थापन, सुरक्षा सुनिश्चितता, सुरक्षा प्रवर्द्धनमा रहेका छन् ।

यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।