Logo ८ फाल्गुन २०८२, शुक्रबार | Fri Feb 20 2026


चलानी बिना सोलुखुम्बुबाट छुट्ने सवारी कारवाहीमा


1.1k
Shares

सोलुखुम्बु । सोलुखुम्बुबाट छुट्ने लामो दुरीका सवारी साधनको चेकजाँचलाई जिल्लास्थित ट्राफिक प्रहरीले कडाइ गरेको छ ।

तराईसहित काठमाडौं लगायतका स्थानका लागि छुट्ने जिप तथा बसहरुले चलानी नबोकी हिड्ने गरेको गुनासो आएसँगै प्रहरीले चेक जाँचलाई तिब्रता दिएको जनाएको छ ।

जिल्लाका केही यातायात व्यवसायीहरुले चलानी नबनाउने, यात्रुलाई टिकट नदिने, क्षमता भन्दा बढी यात्रु बोक्ने जस्ता कार्य गर्ने गरेको सूचनाको आधारमा जिल्ला ट्राफिक प्रहरी कार्यालयले चेकजाँँचलाई तिब्रता दिएको ट्राफिक इन्चार्ज कृष्णकुमार कटवालले जानकारी दिनुभयो ।

उहाँका अनुसार जिल्ला ट्राफिक प्रहरी कार्यालय, अस्थायी प्रहरी चौकी दोर्पुले गरेकोे सयुंक्त चेकिङमा चलानी बिना छुटेका केही सवारी साधनहरुलाई कारवाही गरिएको हो । चलानी नबनाई सवारी छुट्दा सवार हुने यात्रुको नामको रेकर्ड नहुने भएकाले दुर्घटना भइहाले व्यक्तिको पहिचना हुन समस्या हुने प्रहरीको भनाइ छ ।

यात्रुको नामको अभिलेख नराख्दा आफुखुसी बढी भाडा लिने क्रम मौलाउने भएकाले यात्रा गर्दा टिकट अनिवार्य लिन समेत ट्राफिक प्रहरीले यात्रुहरुलाई आग्रह गरेको छ ।