
गणेश बानियाँ (इमेज)
जाजरकोट, साउन २९ । जाजरकोटको र रुकुमको सिमानामा ठूलो पहिरो जाँदा १५ ओटा घर बगाएको छ भने भेरी नदी थुनिएको छ ।
सोमबार राति परेको वर्षाका कारण जाजरकोट नगरपालिका वडा नम्बर–१२ र रुकुमको छहरे बगरमा ठूलो पहिरो जाँदा घर बगाएको हो ।
पहिरोका कारणले नदी नै थुनिँदा सिमानाको बजार नै जोखिममा परेको छ ।
पहिरोका कारण डोल्पा जाने एकमात्र छहरे बगर र तल्लो बगरमा रहेको पुल जोखिममा परेको छ ।
अहिले जोखिममा परेका बस्तीलाई नेपाली सेनाको टोलीले सुरक्षित स्थानमा सार्दैछ ।
अहिलेसम्म मानवीय क्षति भने भएको छैन ।
प्रतिक्रिया दिनुहोस्