Logo १८ बैशाख २०८३, शुक्रबार | Fri May 1 2026


महँगीले आकाश छोयो


364
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले प्रस्तुत गरेको तथ्यांकमा मूल्यवृद्धि झण्डै ८ प्रतिशतको हाराहारीमा पुगेको छ ।

आर्थिक वर्षको नवौं महिनामा ७ं.२८ प्रतिशत रहेको मुद्रास्फीति वैशाख मसान्तमा ७.८७ प्रतिशत पुगेको हाे । करिब ६ वर्षको अवधिमा महँगी यसपटक ८ प्रतिशतको हाराहारीमा पुगेको हो । अधिल्लो वर्षको सोही महिनामा मुद्रास्फीति ३.६५ प्रतिशत मात्र रहेको राष्ट्र बैंकले जनाएको छ । मुद्रास्फीति पनि काठमाडौं उपत्यकामा ७.३९ प्रतिशत, तराईमा ८.१५ प्रतिशत, पहाडमा ७.८९ प्रतिशत र हिमालमा ८.२१ प्रतिशत रहेको छ ।

सरकारले ६.५ प्रतिशतभित्रै राख्ने दावी गरेको मुद्रास्फीति दशौं महिनामा ८ प्रतिशत पुग्दा आर्थिक वर्षको बाँकी दुई महिनामा दोहोरो अकंमा पुग्ने आशंका छ । यस्तै, राष्ट्र बैंकका अनुसार चनलू आर्थिक वर्षको १० महिनामा शोधनान्तर स्थिति २ खर्ब ८८ अर्ब ५० करोड घाटामा रहेको छ ।

यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।