
काठमाडौं । राष्ट्रिय मुस्लिम संघर्ष गठबन्धनले प्रधाानमन्त्री केपी शर्मा ओलीलाई भेटेर मुस्लिम समुदायको महान पर्व ईदुल फित्र र ईदुल अज्हाको बिदा कटौति नगर्न माग गरेको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटेर उनीहरुले अघिल्ला सरकारले दिदै आएको सार्वजनिक बिदा वर्तमान सरकारले कटौति गरेको भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका हुन् ।
उनीहरुले आफूहरुमाथि संविधानले दिएको राष्ट्रिय पहिचानमाथि नै सरकारले ठेस पुर्याएको भन्दै सार्वजनिक बिदा दिन माग गरेका हुन् ।
राष्ट्रिय मुस्लिम संघर्ष गठबन्धनका अध्यक्ष समिम अन्सारीले एक हप्तापछि आउने मुस्लिम समुदायको पर्व इदुल फित्रमा सार्वजनिक बिदा नदिए आन्दोनल गर्ने चेतावनी दिए ।
प्रधानमन्त्री केपी शर्मा ओलीले भने बिदाको सम्बन्धमा छलफल गरेर निर्णय गरिने बताएका थिए ।
प्रतिक्रिया दिनुहोस्