मावि शिक्षकको लिखित परीक्षाको नतिजा सार्वजनिक « Imagekhabar – Online News Portal of Nepal
२५ श्रावण २०७९, बुधबार | Wed Aug 10 2022


मावि शिक्षकको लिखित परीक्षाको नतिजा सार्वजनिक


1.794k
Shares

काठमाडौं । शिक्षक सेवा आयोगले गत चैतमा लिएको माध्यामिक तह, प्रथम श्रेणी शिक्षकको लिखित परीक्षाको नतिजा प्रकाशित गरेको छ ।

आयोगले माध्यमिक तह, प्रथम श्रेणी शिक्षक पदको आन्तरिक प्रतियोगितात्मक लिखित परीक्षाको नतिजा शुक्रबार सार्वजनिक गरेको हो ।

आयोगले २०७८ चैत २१ गते परीक्षा सञ्चालन गरेको थियो ।

आयोगले जारी गरेको सूचना अनुसार पाँचथर, झापा, तेह्रथुम, धनकुटा, मोरङ, सुनसरी, धनुषा, रौतहट, बारा, पर्सा, काभ्रे, भक्तपुर, काठमाडौं, ललितपुर र चितवनका ४७ जनाको अन्तर्वार्ता असार २१ गते बिहान ८ बजे हुने छ ।

यसैगरी लमजुङ, कास्की, बाग्लुङ, पर्वत, पाल्पा, गुल्मी, रोल्पा, दाङ, सल्यान, जाजरकोट, दैलेख, सुर्खेत, बझाङ, कैलाली, दार्चुला र डडेलधुराका ४७ जनाको अन्तर्वार्ता असार २१ गते दिउँसो १ बजे हुने छ ।

अन्तर्वार्ता परीक्षा शिक्षा सेवा आयोगको कार्यालय सानोठिमी भक्तपुरमा हुने सूचनामा उल्लेख छ ।

हेर्नुहोस् सूचना :