Logo ८ बैशाख २०८३, मंगलबार | Wed Apr 22 2026


रूस–युक्रेन युद्धका कारण विश्वव्यापी खाद्य सङ्कटको जोखिम


221
Shares

एजेन्सी । रूस–युक्रेन युद्धका कारण विश्वव्यापी खाद्य सङ्कटको जोखिम बढेको छ ।

युद्धले रूसी र युक्रेनी समाज तहसनहस मात्र नभई ९४ देशका एक अर्ब ६० करोड मानिसले खाद्य सङ्कट झेल्नुपर्ने चेतावनी संयुक्त राष्ट्रसङ्घले दिएको छ ।

लम्बिँदो युद्धले कुनै न कुनै रूपमा ती देश वित्त, खाद्य, वा ऊर्जा सङ्कट सामना गर्न बाध्य भएका ग्लोबल क्राइसिस रेस्पोन्स ग्रुपले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ । युद्धले तीनवटै क्षेत्रलाई जोखिममा पारेको छ ।

राष्ट्र सङ्घीय प्रतिवेदनले खाद्यान्नको निरन्तर बढ्दो भाउ र इन्धनको मूल्यलाई स्थिर राख्न, सामाजिक सुरक्षा प्रणाली लागू गर्न र विकासोन्मुख देशलाई आर्थिक सहयोग बढाउन आह्वान गरेको छ ।

आगामी वर्ष खाद्यान्न सङ्कट रोक्न र त्यसमा पहुँच र उपलब्धता बढाउन ठोस काम गर्नुपर्नेमा जोड दिइएको छ ।

महासचिव एन्टोनियो गुटरेसले युक्रेन युद्धको प्रभावले जीवनयापनको गम्भीर सङ्कट सिर्जना गरेको र त्यसबाट कुनै पनि देश वा समुदाय उम्कन नसक्ने बताउनुभएको छ ।

खाद्य सुरक्षा, ऊर्जा र वित्तपोषणमा द्वन्द्वको प्रभाव घटाउन महासचिवले आफ्ना नागरिकहरूको जीवन र जीविकोपार्जन जोगाउन प्रभावकारी कदम चाल्नुपर्नेमा जोड दिनुभएको छ ।