Logo २ आश्विन २०८२, बिहिबार | Fri Sep 19 2025


अभिनेत्री महिमा चौधरीलाई क्यान्सर


11.4k
Shares

एजेन्सी । बलिउडकी चर्चित अभिनेत्री महिमा चौधरी स्तन क्यान्सरबाट पीडित भएकी छिन् ।

भारतीय सञ्चार माध्यामका अनुसार अभिनेत्री चौधरीलाई क्यान्सर भएको पत्ता लागेपछि उनका प्रसंशकहरू अचम्ममा परेका छन् । किनकी अभिनेत्री चौधरीको क्यान्सरका कारण पुरै रुप नै बदलिएको छ । तस्वीरमा उनलाई चिन्न उनका प्रसंशकहरूलाई हम्मे हम्मे परेको छ ।

बलिउडका दिग्गज अभिनेता अनुपम खेरले अभिनेत्री चौधरी स्तन क्यान्सरबाट पीडित रहेको कुरा सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरेका हुन् । अनुपम खेरले महिमा चौधरीसँगको एक भिडियो सार्वजनिक गर्दै उनले अभिनेत्री चौधरीलाई हिरोको संज्ञा दिएका छन् । अनुपम खेरले महिमा चौधरीको भिडियो सार्वजनि गर्दै लेखेका छन्, ‘ मैले एक महिना पहिला महिमालाई आफ्नो ५२५ औं फिल्म द सिग्नेचरमा एक महत्वपूर्ण भूमिकाको लागि अमेरिकाबाट फोन गरेको थिए । तर, कुराकानीको समयमा थाहा भयो कि महिमा स्तन क्यान्सरबाट पीडित छिन् । महिमा चाहान्थिन् कि यो कुरा अनुपमले सबैसँग सेयर गरुँन, किनकि महिमाको मनोवृत्तिले संसारभरिका महिलाहरूलाई साहस दिनेछ ।’

अभिनेत्री महिमाका अनुसार जब अनुपम खेरले उनलाई फिल्ममा काम गर्नका लागि फोन गरेका थिए । उनी त्यस समय अस्पतालमा आफ्नो उपचार गराउँदै थिइन् । उनको टाउकोमा कपाल नभएका कारण उनलाई आएका थुप्रै फिल्मका अफरहरूलाई अस्वीकार गरिरहेकी छिन् । अभिनेत्री चौधरीले अनुपम खेरको फिल्म प्रस्तावलाई अस्वीकार गर्न नसकेर फिल्ममा नक्कली कपाल(विग) लगाएर काम गर्न सक्छु भनेर अनुरोध गरेकी थिइन् । उनी अब छिटै अनुपम खेरको फिल्मबाट पर्दामा फर्किन लागेको अनुपम खेरले बताएका छन् ।

अभिनेत्री चौधरी भन्छिन्,‘ मलाई क्यान्सरको कुनै लक्षण थिएन । मेरो नियमित जाँचमा मलाई स्तन क्यान्सर छ भनेर पत्ता लागेको हो ।’