Logo २१ असार २०८३, आइतबार | Sun Jul 5 2026


राप्रपा नेता कार्कीद्वारा स्याङ्जाको बिपत कोषमा सहयोग


13
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका युवा नेता हिक्मतजंग कार्कीले जिल्ला प्रशासन कार्यालय स्याङ्जाको बिपत व्यवस्थापन कोषलाई २५ हजार रूपैयाँ र स्याङ्जा पौवै गौंडे वार्ड न ५ लाई २५ हजार रूपैंयाँ बराबरको खाद्यान्न सहयोग गरेका छन् ।

उक्त सहयोग रकम स्याङ्जास्थित अर्जुन गुरुङ र युवा संगठन गण्डकी प्रदेशका सदस्य प्रबिन गुरुङले  प्रमुख जिल्ला अधिकारी रामबहादुर लिम्बु कुरूवांगलाई एक कार्यक्रमका बीच हस्तान्तरण गरे ।

उनले विपन्न परिवारमा लकडाउनले असर पारेकाले चामल, दाल, नुन, चीनी, साबुनलगातका सामाग्री बाडेका हुन् ।

कोरोना भाइरस नियन्त्रणमा सहयोग पुग्ने उद्देश्यले कोषमा रकम जम्मा गरेको कार्कीले बताए ।

सामाजिक काममासमेत सक्रिय कार्कीले संकटको समयमा जिल्लावासीलाई सहयोग गर्दै आएका छन् ।