Logo १० भाद्र २०८३, बुधबार | Wed Aug 26 2026


सेनापतिलाई किन भेट्छन् राजदूत ?


273
Shares

काठमाडौं । नेपालका लागि जापानी राजदूत किकुता युताकाले बुधबार सैनिक मुख्यालयमा पुगेर प्रधानसेनापति प्रभुराम शर्मालाई भेटे। प्रधानसेनापति शर्माको कार्यकक्षमा भएको भेटमा द्विपक्षीय हित र पारस्परिक सम्बन्धका विषयमा कुराकानी भएको सैनिक जनसम्पर्क निर्देशनालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

प्रधानसेनापतिलाई भेट्न जाने राजदूतमा युताका मात्र होइनन्। यही जेठ ४ गते नेपालका लागि इजरायलका राजदूत हनान गोदरले पनि सैनिक मुख्यालयमै पुगेर प्रधानसेनापति शर्मालाई भेटेका थिए। पछिल्लो पाँच महिनाको अवधिमा फ्रान्स, बंगलादेश, युनाइटेड अरब इमिरेट्स, पाकिस्तानसहित ६ देशका राजदूतले सैनिक मुख्यालय पुगेर प्रधानसेनापति शर्मालाई भेटिसकेका छन्।

नेपालमा रहेका छिमेकी तथा मित्रराष्ट्रका नियोग प्रमुखहरूले एकपछि अर्काे गर्दै सेना प्रमुख भेट्नुलाई कूटनीतिक क्षेत्रका जानकारहरू अस्वाभाविक भएको बताउँछन्। कूटनीतिक मामिलाका जानकार एवं पूर्वराजदूत राजेश्वर आचार्य सैनिक कूटनीति सञ्चालनका लागि नियोगहरूमा छुट्टै सैनिक सहचारी हुने भए पनि नियोग प्रमुखले नै सेना प्रमुखलाई भेट्नु सम्बन्धित मुलुकले नेपाल सरकार र त्यसको नेतृत्वलाई गरेको अविश्वासका रूपमा अथ्र्याउँछन्।

यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।