Logo १८ बैशाख २०८३, शुक्रबार | Fri May 1 2026


काठमाडौं–तराई–मधेस द्रुतमार्गकाे काम ‘ससपेन्ड’ गरेर गुणस्तर जाँच हुँदै


650
Shares

काठमाडौं । नेपाली सेनाले काठमाडौं–तराई–मधेस द्रुतमार्गको सुरुङमार्ग र त्यससँग जोडिने पुलको निर्माणको काम रोकेर हालसम्म भएका कामको गुणस्तर जाँच गर्दै छ ।

सेनाले निर्माण कम्पनीहरूले गरेको कामको पुनारावलोकन र समीक्षा गर्न भन्दै द्रुत मार्गमा पर्ने सुरुङमार्गको दुवै प्याकेजको काम रोक्न गत साता निर्देशन दिएको थियो ।

नेपाली सेनाका प्रवक्ता तथा सहायक रथी नारायण सिलवाललले निर्माणको जिम्मा पाएको कम्पनीलाई निलम्बन गरिएको नभई द्रुतमार्गमा भइरहेको कामको रिभ्यु गर्न निर्माण कम्पनीले गरिरहेको काम मात्रै रोकिएको जानकारी दिए ।

‘अहिले काम ससपेन्ड गरेर फिल्ड भिजिट भइरहेको छ, कुनै पनि प्रोजेक्टमा भइरहेको कामको रिभ्यु गर्ने प्रक्रियाअन्तर्गत भइरहेका कामलाई ससपेन्ड गरेर रिभ्यु गरिन्छ, यो त्यही प्रक्रिया हो, निर्माण कम्पनीलाई नै कामबाट हटाएको होइन,’ सैनिक प्रवक्ता सिलवालले भने ।

यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।