थप १६ जनामा कोरोना संक्रमण « Imagekhabar – Online News Portal of Nepal
१७ असार २०७९, शुक्रबार | Fri Jul 1 2022


थप १६ जनामा कोरोना संक्रमण


104
Shares

काठमाडौं । देशभर १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरको विभिन्न प्रयोगशालामा ३ हजार ४९ जनामा गरिएको परीक्षणमा १६ जनामा संक्रमण पुष्टि भएको हो ।

बुधबार ८ जना संक्रमित संक्रमणमुक्त भएका छन् ।

देशभर १ सय ९ जना सक्रिय संक्रमित रहेका छन् ।

त्यस्तै, २४ घण्टामा कोरोनाका कारण कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।